२६ भाद्र २०८२, बिहीबार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल

११ भदौ, काठमाडौं ।

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा समिति सचिव सञ्जय दाहालले प्रतिवेदनको खाका प्रस्तुत गरेका हुन् । समितिका सचिव दाहालका अनुसार गत वर्षको अनुभव सहित यस पटक कार्यक्रम एवं योजनाहरु ल्याइएको छ ।

उनले भने, ‘गत वर्षको अनुभवसहित यो वर्ष हामीले हाम्रा कार्यक्रमहरु, योजनाहरु सुधार गर्नुपर्नेछ । त्यसको समिक्षा हामी पछि गर्छौ । यो प्रतिवेदनको खाकाको सन्दर्भमा परिक्षेद १. पृष्ठभूमि, २. समिति गठन, ३. समितिको कार्यक्षेत्र काम, कर्तव्य र अधिकार, ४. समितिको कार्यविधि, ५. उपसमिति एवं कार्यदलहरुको गठन रहनेछ ।’

सचिव दाहालले प्रस्तुत गरेका प्रतिवेदको खाका माथि आफ्नो धारणा राख्दै नेकपा एमालेकी सांसद सुमित्रा बिसीले परिक्षेद ४ मा रहेको समितिको कार्यविधि अन्र्तगत ४. ३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनमा त्यसको उपलव्धि पनि थप्नुपर्ने सुझाव दिइन् ।

‘प्रतिवेद तयार गर्नका लागि शिर्षकहरु तयार भएको छ । व्यवस्थित नै छ भन्ने लाग्छ । यो परिक्षेद ४ को ४.३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनबाट देएिका विषय भन्नेमा यसको उपलव्धि थप्न पाए अझै राम्रो हुन्थ्यो,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment