आज हरितालिका तीज पर्व मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
आज हरितालिका तीज पर्व मनाइँदै

सारांश

  • भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदै छ ।
  • आजको दिन व्रतालुले शिव-पार्वतीको विशेष पूजा आराधना गर्दछन् ।
  • यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदै छ । आजको दिन व्रतालुले शिव-पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिव पार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरूको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरूमा घुइँचो लागेको छ ।

तीजको अवसरमा महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरू भेला भएर नाचगान गर्दछन् । बिहीबार दर खाएपछि औपचारिक रूपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
विपक्षीले आज पनि मागे गृहमन्त्रीको राजीनामा
विपक्षीले आज पनि मागे गृहमन्त्रीको राजीनामा
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु
पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु
राजसंस्था, हिन्दु धर्म, प्रदेश संरचना र प्रत्यक्ष कार्यकारीबारे जनमत संग्रह गर्नुपर्छः दुर्गा प्रसाईं
राजसंस्था, हिन्दु धर्म, प्रदेश संरचना र प्रत्यक्ष कार्यकारीबारे जनमत संग्रह गर्नुपर्छः दुर्गा प्रसाईं
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन