रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
४९ पटक हेरिएको
Shares
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश

सारांश

  •   रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रुपन्देही–३ मा २०७९ मा उम्मेदवार बनेका नेता धनिराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
  •  रुपन्देहीको भैरहवामा आइतबार आयोजित कार्यक्रममा धनिरामसँगै नाउपाका केही नेता जनमतमा प्रवेश गरेका हुन् ।
  • उनीहरूलाई जनमतका अध्यक्ष राउतले स्वागत गरे ।

८ भदौ, रुपन्देही । 

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रुपन्देही–३ मा २०७९ मा उम्मेदवार बनेका नेता धनिराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । रुपन्देहीको भैरहवामा आइतबार आयोजित कार्यक्रममा धनिरामसँगै नाउपाका केही नेता जनमतमा प्रवेश गरेका हुन् । उनीहरूलाई जनमतका अध्यक्ष राउतले स्वागत गरे ।

जनमतमा प्रवेश गरेका धनिरामले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा करिब १४ हजार मत पाएका थिए । उनी नाउपाका पूर्व जिल्ला अध्यक्ष पनि हुन् । जनमत प्रवेश गर्नेमा कमल नारायण चौधरी, सरस्वती थारु, गौरी यादव, श्रीरामकुमार चौधरी, खेम बहादुर चौधरी, रुद्र नरायन चौधरी, बैजन्ती चौधरीलगायत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?