रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
८ भदौ, रुपन्देही ।
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रुपन्देही–३ मा २०७९ मा उम्मेदवार बनेका नेता धनिराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । रुपन्देहीको भैरहवामा आइतबार आयोजित कार्यक्रममा धनिरामसँगै नाउपाका केही नेता जनमतमा प्रवेश गरेका हुन् । उनीहरूलाई जनमतका अध्यक्ष राउतले स्वागत गरे ।
जनमतमा प्रवेश गरेका धनिरामले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा करिब १४ हजार मत पाएका थिए । उनी नाउपाका पूर्व जिल्ला अध्यक्ष पनि हुन् । जनमत प्रवेश गर्नेमा कमल नारायण चौधरी, सरस्वती थारु, गौरी यादव, श्रीरामकुमार चौधरी, खेम बहादुर चौधरी, रुद्र नरायन चौधरी, बैजन्ती चौधरीलगायत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment