२६ भाद्र २०८२, बिहीबार

वीरगञ्जमा हैजा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली खटाइयो

 

जनकपुर — पर्साको वीरगञ्जमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि मधेश प्रदेश सरकार सक्रिय बनेको छ। प्रदेश सरकारले स्वास्थ्य टोली खटाएर प्रभावित क्षेत्रमा उपचार र नियन्त्रण कार्यलाई तीव्रता दिएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेकाले उहाँको निर्देशनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगञ्ज पठाइएको छ।

यसअघि मलेसिया भ्रमणमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहसँगको समन्वयमा प्रदेश सरकारले संक्रमण नियन्त्रणका लागि हरसम्भव उपाय अवलम्बन गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएका छन्। उनले मन्त्रालय तदारुकताका साथ काम गरिरहेको र खटाइएको टोलीको प्रतिवेदनपछि थप कदम चालिने बताए।

वीरगञ्जमा गत शुक्रबार तीन जनामा हैजाको संक्रमण पुष्टि भएपछि स्थानीय स्तरमा सतर्कता बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment