सरकार अधिनायकवादतिर उन्मुख भयो : सापकोटा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ७, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सरकार अधिनायकवादतिर उन्मुख भयो : सापकोटा

सारांश

  • नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् ।
  • साथै, उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरू लागिरहेको आरोप लगाए ।
  • ‘यो सरकार अलि अधिनायकवादतिर तानाशाहीकरणतिर उन्मुख भइरहेको छ ।

७ भदौ, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् । साथै, उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरू लागिरहेको आरोप लगाए । ‘यो सरकार अलि अधिनायकवादतिर तानाशाहीकरणतिर उन्मुख भइरहेको छ । राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्ने, अझ खासगरी सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएको छ,’ सापकोटाले भने ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको बताएका हुन् । ‘प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानालाई कहिलेदेखि हटाउने कोशिस गरिरहनुभएको थियो भन्दा धेरै पटक गर्नुभयो । अहिले हस्ताक्षर संकलन भइरहेको छ भनेर हामीलाई खबर आएको छ,’ सापकोटाले भने, ‘त्यो प्रतिशोधपूर्ण छ, बदनियतपूर्ण छ ।

प्रतिनिधि सभाको उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ, चुनाव गरेर अर्को आउँछ । यो एक प्रकारले गैरसंसदीय प्रक्रिया हो ।’ उनले संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन प्रधानमन्त्री ओलीले बदनियतपूर्ण काम गरिरहेको आरोप लगाउँदै यो गैरसंसदीय प्रक्रिया भएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा
चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण
विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड