माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता, ८ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता, ८ जना पक्राउ

सारांश

  •   माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहको नाममा गरिएको प्रदर्शनमा सहभागी युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्लामा जुत्ता हानेर आपत्ति जनाएका थिए ।
  • त्यस्तो प्रदर्शनमा सहभागी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • उनीहरूलाई पुत्ला जलाउने प्रयाससहित अशान्ति सिर्जना गर्न खोजेको भन्दै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भारत र चीनबिच भएको नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिविरुद्ध बिहीबार राजधानीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।  माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहको नाममा गरिएको प्रदर्शनमा सहभागी युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्लामा जुत्ता हानेर आपत्ति जनाएका थिए ।

त्यस्तो प्रदर्शनमा सहभागी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई पुत्ला जलाउने प्रयाससहित अशान्ति सिर्जना गर्न खोजेको भन्दै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवाहरूले लिपुलेक नेपाली भूमि भएको भन्दै भारत–चीनबीच भएको सहमति नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएको आरोप लगाएका थिए । उनीहरूले सरकारलाई ठोस कूटनीतिक पहल गर्न आग्रह गर्दै नारा प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा
रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंकक उडान
थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंकक उडान
पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द
पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द
खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते
खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि
टी-२० आई सिरिज: थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
टी-२० आई सिरिज: थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ