बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै
५ भदौ, भक्तपुर ।
आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ (पञ्चदान) पर्व मनाउँदै छन् । आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौंको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवहीको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपङ्कर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment