बाढी पहिरोका कारण देशभरका १२ सडक पूर्ण रूपमा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
१०७ पटक हेरिएको
Shares
बाढी पहिरोका कारण देशभरका १२  सडक पूर्ण रूपमा अवरुद्ध

सारांश

  • मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् ।
  • यस्तै  १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ ।
  •   विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा पहिरो जाँदा कर्णाली करिडोरको खुलालु–सल्लिसल्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ  ।

३ भदौ, काठमाडौँ ।

मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् । यस्तै  १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ ।  विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा पहिरो जाँदा कर्णाली करिडोरको खुलालु–सल्लिसल्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ  ।  यस्तै दार्चुलाको रानीबासमा पहिरो जाँदा दार्चुला–टिंकर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दैलेखको बागडुल्ल,डुल्लु नगरपालिकामा पहिरोका कारण खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

रोल्पाको पुतलाचौर,ग्राम्जिममा पहिरोका कारण शहिदमार्ग १४ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । पश्चिम रुकमको चौखा खोला रिजगाड, उसुमखोला र छलगाडमा पहिरो गएकाले भेरी करिडोरअन्तर्गत छिन्चु–दुनै सडक १५ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ ।  यस्तै सिन्धुपाल्चोकको कोदारीमा पहिरोजाँदा अरनिको राजमार्ग १६  दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । रसुवागढी स्याफ्रुबेंसी सडकमा दोस्रोपटक आएको बाढीले क्षति गर्दा तीन सातादेखि पूर्ण रूपमा अवरुद्ध छ भने मितेरी पुल बगाएको डेढ महिना बित्न लाग्दासम्म बेलिब्रिज जडान  हुन सकेको छैन ।

यसैगरी तमोर करिडोर एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ । ताप्लेजुङको फक्ताङ्लुङ वडा नम्बर ५ र ६ जोड्ने रानीपुल बेलिब्रिज बाढीले बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ। रेमिट हाइड्रोले बेलिब्रिज जडान गर्ने पहल भएको विभागले जनाएको छ ।  संखुवासभाको बरुण नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि कोशी राजमार्ग अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन विभागले उपकरण परिचालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?