बाढी पहिरोका कारण देशभरका १२ सडक पूर्ण रूपमा अवरुद्ध
३ भदौ, काठमाडौँ ।
मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् । यस्तै १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ । विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा पहिरो जाँदा कर्णाली करिडोरको खुलालु–सल्लिसल्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै दार्चुलाको रानीबासमा पहिरो जाँदा दार्चुला–टिंकर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दैलेखको बागडुल्ल,डुल्लु नगरपालिकामा पहिरोका कारण खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ ।






Post Comment