वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती

सारांश

  • यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन्।
  • जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार कारागारको क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा समस्या भएको छ।
  • विसं २०२९ देखि वीरगञ्ज कारागार सञ्चालन हुँदै आएको रेकर्ड भेट्टिन्छ।

 

वीरगञ्ज- वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ। यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन्।

जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार कारागारको क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा समस्या भएको छ। विसं २०२९ देखि वीरगञ्ज कारागार सञ्चालन हुँदै आएको रेकर्ड भेट्टिन्छ। पुरानो खालको संरचना तथा धेरै कैदी र थुनुवाको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहँदै आएको छ। खुला ठाउँमा कारागार भएको भए व्यवस्थापनमा पनि धेरै सहज हुने थियो कि। तोकिएको क्षमताअनुसार कैदी र थुनुवा हुँदा व्यवस्थापनमा सहज हुने थियो।

जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापनले वीरगञ्जको चिनी मिल क्षेत्रमा कारागारका लागि १८ बिघा क्षेत्रफलमा सार्ने योजना गरे पनि अहिलेसम्म मूर्तरूप लिनसकेको छैन। वीरगञ्ज कारागारमा स्वदेशी र विदेशी गरेर थुनुवा र कैदी गरेर एक हजार तीन सय १० जना रहेका छन्। यसमा स्वदेशी महिला कैदी पाँच, महिला थुनुवा ४२ र छ वर्षमुनिका दुई जना आश्रित बालिका छन्।

त्यस्तै स्वदेशी पुरुष कैदी र थुनुवाको सङ्ख्या भने एक हजार ४६ जना रहेका छन्। त्यस्तै विदेशी थुनुवा र कैदीतर्फ एक सय ९९ छन् भने विदेशी महिला थुनुवा र कैदी भने १६ जना रहेका छन्।

वीरगञ्ज कारागारमा विशेषगरी पर्सा र बारा जिल्लामा अपराध गरेर अदालतबाट दोषी ठहर भएका र अदालतबाट पुर्पक्ष थुनुवामा पठाएकालाई कैदी र थुनुवा राख्ने गरिन्छ। वीरगञ्ज कारागारमा कैदी तीन सय २९ जना रहेका छन् भने थुनुवा नौ सय ७९ जना छन्।

कारागार प्रमुख भुसालले कारागारमा रहेका कैदी तथा थुनुवामा कहिलेकाहीँ मौसमी प्रकृतिका बिरामी देखापर्ने बताए। “यहाँका थुनुवा तथा कैदीबन्दीमा प्रायःजसो मौसमी प्रकृतिका बिरामी देखा पर्छन्”, उनले भने, “सामान्य खालका उपचार यहाँ कार्यरत स्वास्थ्य सहायकले गर्नुहुन्छ भने अन्य बिरामीलाई भने नारायणी अस्पतालमा उपचारको लागि पठाइन्छ।” कारागार परिसरमा करिब ४७ शौचालय रहेका छन् भने थुनुवा र कैदीले आलोपालो शौच गर्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता
एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट
गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट
दाङमा एक व्यक्तिले आफैंमाथि चलाए गोली
दाङमा एक व्यक्तिले आफैंमाथि चलाए गोली
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा
डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का   
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का