२६ भाद्र २०८२, बिहीबार

०८४ को चुनावमा रास्वपाले १९० सिट जित्छः शिशिर खनाल

३१ साउन, काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ०८४ को चुनावमा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १९ जना सांसदहरुले अहिलेका बाँकी सांसदहरुलाई चुनौती दिइरहेको भन्दै १९० जना सांसद आउँदा के अवस्था हुन्छ? भन्दै प्रश्न गरे। उनले आफूहरु सुशासनको पक्षमा रहेको बताए। उनले संसद्‌मा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुको काम रास्वपाका सांसदहरुमाथि गाली गर्ने मात्रै भएको जिकिर गरे। रास्वपा प्रमुख प्रतिपक्ष दल नभए पनि प्रमुख प्रतिपक्ष दललाई झैं आक्रमण भइरहेको उनको भनाइ थियो।

एमाले र कांग्रेसका नेताहरुले देशको बेथितिको कारण राष्ट्रिय स्वतन्त्र पार्टी नै हो जस्तो गरेर गाली गर्ने गरेको उनले बताए। उनले भने, ‘कांग्रेस, एमालेका नेताहरु आजकाल हरेक दिन हामीलाई गाली बर्साउनुहुन्छ। उहाँहरुको मनमा के ढ्यांग्रो पिट्न थाल्यो भने १९ को सट्टा अब ०८४ मा १९० हुने भए। १९ ले त यस्तो धौधौ पार्दछन्, १९ ले त यस्ता अफ्ठयारा अफ्ठ्यारा प्रश्न सोध्छन्, १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होला?’ सांसद खनालले कार्यकर्ताहरुलाई विचलित नभई अघि बढ्न निर्देशन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment