सन्तानको पहिलो संरक्षक आमा : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सन्तानको पहिलो संरक्षक आमा : गृहमन्त्री लेखक

सारांश

  •   गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् ।
  • सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधेयक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको बताए ।
  •   “सन्तानको पहिलो संरक्षक आमा नै हुन् ।

२६ साउन, काठमाडौं । 

गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधेयक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको बताए ।  “सन्तानको पहिलो संरक्षक आमा नै हुन् । आमाले यो मेरो सन्तान हो । त्यसको बुवाको पत्ता छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा त्यसको सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ,” गृहमन्त्री लेखकले भने,“यसले आमा/महिलाको मात्रै हक स्थापित गरेको होइन । संविधानको सीमारेखा भित्र महिलाको हकलाई पूर्णमा स्थापित गर्ने उद्देश्य पनि हो ।

सन्तानको पनि हक सुरक्षित गरिएको छ ।” उनले आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्था समेत गरिएको बताए । नागरिकता नहुँदा धेरै बालबालिकाहरूले अध्ययन/वृद्धि विकासमा समस्या भएको समेत उनले बताए ।  त्यसैगरी अङ्गीकृत नेपाली नागरिकता प्राप्ति सम्बन्धी व्यवस्थामा बाबुको आधारमा विदेशको नागरिकता नलिएको भन्ने नागरिकता प्राप्त गर्ने व्यक्तिले मात्र स्वघोषणा गर्ने व्यवस्था भएकोमा निजको आमाले समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री लेखकले जानकारी दिए ।

“बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको छ,” गृहमन्त्री लेखकले भने,“आमाको नामबाट नागरिकता पाउने कुरालाई हामीले अहिले सरलीकृत गरेका छौँ ।” आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट सरकारलाई निर्देशनात्मक आदेश समेत भएको अवस्थामा विधेयक अगाडि बढाएको मन्त्री लेखकको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
काभ्रे २ मा रास्वपाका भण्डारी विजयी
काभ्रे २ मा रास्वपाका भण्डारी विजयी
सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते
सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार
अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
कुलेखानी जलाशययुक्त आयोजनाको एकीकृत विकासमा मन्त्री श्रेष्ठ जोड
कुलेखानी जलाशययुक्त आयोजनाको एकीकृत विकासमा मन्त्री श्रेष्ठ जोड