Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १९, २०८०
|
|
४१ पटक हेरिएको
Shares
यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान

सारांश

  • यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान भएका छन् ।
  • राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् ।
  • फैसलापछि फरार भएका तत्कालिन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो ।

१९ मंसिर, विराटनगर । यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान भएका छन् ।

राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् । फैसलापछि फरार भएका तत्कालिन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो । मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका कर्मचारीहरुविरुद्ध भ्रष्टाचार र राजस्व हिनामिना गरी दुई वटा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले ८ चैत २०७९ मा विशेष अदालत काठमाडौँले उनीहरुलाई दोषी ठहर गरेको थियो । दुई वटा मुद्दामा प्रतिवादी बनाइएका उपसचिव रमेश प्रसाद दाहाल, विष्णुप्रसाद पौडेल र नयराज नेपाल, होमनाथ भट्टराईसहित ११ जना दोषी ठहर भएका थिए ।

तत्कालिन कार्यालय प्रमुख नयराज नेपाललाई ८ वर्ष कैद र १२ करोड, ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना, लेखापाल मणिराज दाहाललाई ७ बर्ष ११ महिना २३ दिन कैद र ४ करोड, ३४ लाख ५ हजार ५९४ जरिवाना भएको थियो । त्यस्तै कर्मचारी कुमारबहादुर कटुवाललाई ६ वर्ष कैद र १ करोड, १ लाख ६५ हजार ८१२ जरिवाना, टीकाराम अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ जरिवाना र देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला भएको थियो । पक्राउ परेका पाँच जना फरार प्रतिवादीबाट ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ जरिवाना असुल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीको आर्थिक वर्ष २०६९–०७० र २०७०–०७१ मा ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७१–०७२, २०७२–०७३ र २०७३–०७४ फागुन मसान्तसम्म ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष २०६९–०७० र ०७०–०७१ सम्म भएका राजस्व अनियमितताको मुद्दामा तत्कालिन उपसचिव भट्टराईलाई दुई वर्ष छ महिना कैदसहित १४ लाख पाँच हजार बिगो र त्यसको दोब्बर जरिवाना र पौडेललाई ८ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको थियो । लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल र लेखापाल टंकबहादुर खड्कालाई आठ– आठ वर्ष कैद, दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको थियो । कायम गरेको थियो । सोही कार्यालयको राजस्व हिनामिनाको अर्को मुद्दामा उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार बिगो, विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद र पाँच करोड ८३ लाख ९२ हजार बिगो र नयराज नेपाललाई आठ वर्ष कैद र ६ करोड १७ लाख ६४ हजार बिगो कायम गरिदिएको हो ।

तीन जनाको हकमा विगो भन्दा दोब्बर जरिवानाको फैसला भएको थियो । लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद र १४ करोड ७ लाख ९६ हजार बिगोको दोब्बर जरिवाना तोकेको थियो । लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपैयाँ बिगोको दोब्बर जरिवानाको फैसला भएको थियो । राजस्व हिनामिना प्रकरणका मुख्य नाइके लेखापाल सुरेश अधिकारीलाई ९ वर्ष कैद, १५ करोड ३ लाख ९९ हजार ९८६ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो । लेखापाल देवराज नेपाललाई साढे ८ वर्ष कैद र ११ करोड २२ लाख ६३ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो । रुद्रप्रसाद दाहाललाई ८ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय
११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने
नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
चुनावमा भाग लिने कांग्रेसको निर्णय
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण
प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण