विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
१९ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ । सोमबार माओवादी स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेकपासँग एकता गर्ने निर्णय गरेको जानकारी दिए ।
‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ । वार्ता टोली बनाएर छलफल थाल्ने छौँ’, सापकोटाले भने । उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि छलफल भइरहेको बताउँदै निष्कर्षमा नपुगिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment