Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एनसेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज पेशी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १९, २०८०
|
|
५५ पटक हेरिएको
Shares
एनसेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज पेशी

सारांश

  • आफूमाथि करिव ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा मंगलबार सुनुवाइका लागि पेशी तोकिएको छ ।
  • एनसेलले त्यतिबेला आफूमाथि थालिएको कर निर्धारण तत्काल रोकिपाउँ भनी निवेदन दिएको थियो ।
  • करिव तीन वर्षअघि दर्ता भएको रिट निवेदन यसअघि महान्यायाधिवक्ताको कार्यालयको निवेदन अनुसार स्थगित हुँदै आएको थियो ।

१९ मंसिर, काठमाडौं । आफूमाथि करिव ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा मंगलबार सुनुवाइका लागि पेशी तोकिएको छ ।

एनसेलले त्यतिबेला आफूमाथि थालिएको कर निर्धारण तत्काल रोकिपाउँ भनी निवेदन दिएको थियो । करिव तीन वर्षअघि दर्ता भएको रिट निवेदन यसअघि महान्यायाधिवक्ताको कार्यालयको निवेदन अनुसार स्थगित हुँदै आएको थियो । एनसेलले दायर गरेको मुद्दा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताकोमा विचाराधीन रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले रिट निवेदन माथिको सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै आएको थियो । एनसेलले कर निर्धारण विरुद्ध लगानी सम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेशनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्यूट(आईसीएसआईडी)मा मुद्दा दायर गरेको थियो ।

एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने रेनोल्ड होल्डिङ नामक कम्पनी खरिदबिक्रीका क्रममा कर विवाद भएको थियो । रेनोल्ड होल्डिङको शतप्रतिशत शेयर स्विडेनको टेलियासोनेराले मलेसियन कम्पनी आजियाटालाई बेचेको थियो । एनसेलमा ८० प्रतिशत रेनोल्ड होल्डिङ्को शेयर रहेको र रेनोल्डसको शेयरमात्रै किनबेच भएकाले स्वामित्व परिवर्तन भन्न नमिल्ने दावी एनसेलको थियो । ठूला करदाता कार्यालयले १० पुस २०७७ मा स्वामित्व परिवर्तन बापत ‘संशोधित कर निर्धारण’ किन नगर्ने भनी एनसेललाई पत्र पठाएको थियो । त्यही पत्रलाई चुनौती दिई एनसेल सर्वोच्च अदालत गएको हो ।

ठूला करदाता कार्यालयले आयकर ऐनको दफा ५७ अनुसार स्वामित्व परिवर्तन भएका आधारमा कर निर्धारण प्रक्रिया थालेको थियो । सरकारले त्यसअघि नै पूजीगत लाभकर लिइसकेको छ । २०७७ पुसमा  स्वामित्व परिवर्तन बापतको कर निर्धारण प्रक्रिया थालेको थियो । २०७२ सालमा एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने रेनोल्ड होल्डिङ नामक कम्पनीलाई टेलियासोनेराले आजिआटालाई बेचेको थियो । तत्कालीन विनिमय दर अनुसार, एक खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभ गरेको भनी त्यसका आधारमा कर निर्धारण गरेको थियो ।

कर निर्धारण प्रक्रिया अघि बढेपछि २०७७ माघमा एन्सेलले अर्को मुद्दा पनि दायर गरेको थियो । चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश भएका बेला दुवै रिट निवेदनमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासबाट अन्तरिम आदेश पनि भएको थियो । सर्वोच्च अदालतले दुवै मुद्दा एकसाथ राखेर हेर्ने आदेश गरेको थियो । सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइको मिति नजिकिदै गर्दा आजियाटाले शेयर बेचेको सूचना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री
कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु
मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका
१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य