सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
५२ पटक हेरिएको
Shares
सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा

सारांश

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।
  • पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
  • उहाँले नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिनुभएको र त्यसबापत् धेरै गाली खानुपरेको स्मरण गर्नुभयो ।

१३ साउन, काठमाडौैं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिनुभएको र त्यसबापत् धेरै गाली खानुपरेको स्मरण गर्नुभयो ।

उहाँले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताउनु भयो । व्यापारी, उद्योगीहरु मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ । व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार सारा उहाँले निजीरकण गर्नुभयो । यति गाली पाउनुभयो उहाँहरुले, सारा व्यपारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो ।

हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन । व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपतिले हो । केही समस्या छन् भने भन्नुस्, के गर्नुपर्छ सरकारले । हामी सरकारमा छौँ, हामी तयार छौँ, सहयोगका लागि । सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि फेरि । आफू गर्नुप¥यो नि । आफू केही नगर्ने अनि हामीलाई दोष दिने ? काम गर्नुप¥यो, मेहनत गर्नुप¥यो । बिना मेहनत हुँदैन व्यापार होस् चाहे उद्योग होस् ।’सभापति देउवाले व्यापार र उद्योग सञ्चालन सरकारले नगर्ने पनि बताउनु भयो । आफूले गर्न नसकेको कामको दोष सरकारलाई लगाउनु नहुने पनि बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको फलफूल तथा तरकारीको मूल्यसूची
आजको फलफूल तथा तरकारीको मूल्यसूची
धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते
पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, एक घाइते
सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, एक घाइते
हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा
हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै
जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने
जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने