९ श्रावण २०८२, बिहीबार

लागूऔषधविरुद्ध विद्यालयमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता

मौसम झा

१६मंसिर, जनकपुरधाम । धनुषामा युवाहरू लागूऔषधको कुलतमा फसेको भन्ने व्यापक चर्चा चलिरहेको बेला धनुषाको एक विद्यालयमा सोही विषयमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गराइएको छ।

धनुषाको सबैला नगरपालिकास्थित रहेको गुराँस युवा क्लबको आयोजना तथा सबैला सेवा समिति कतारको सहयोगमा जनता माध्यमिक विद्यालय सिमराढी गढीको पसिरमा लागूऔषध न्यूनीकरणको विषयलाई लिएर जिल्लास्तरीय मावि स्तरको वक्तृत्वकला प्रतियोगिता भएको हो। उक्त प्रतियोगितामा मावि ठिल्ला सबैलाका अमन मिश्रले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेका छन् भने जनता माध्यमिक विद्यालय सिमराढी गढीका रंजित कुमार यादवले द्वितीय पुरस्कार प्राप्त गरेका हुन्।
यहि सम्बन्धमा युवा तथा लोकप्रिय नेता नथुनि यादव(हरेराम) भन्छन आफु सँग जति सहयोग हुन्छ गर्छु तर यो समाजमा जति बिकृति छन जरै बाट हटाउनेछु यो मेरो प्रतिबद्धता छ।

सबैला सेवा समिति कतारको सहयोगमा स्थापित स्वा. जिवछ लाल दास गरिव तथा जेहेन्दार मेघावी छात्रवृत्ति अक्षयकोष वितरण समारोहको शुभ अवसरमा छात्रवृत्ति वितरणका साथै वक्तृत्वकला एवम् मावि स्तरको नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो। नृत्य प्रतियोगितातर्फ रामप्रसाद मावि सबैलाका श्रेया मिश्र प्रथम स्थान ल्याएकी छन् भने मावि राधापुरकी शौरभी तामाङले द्वितीय स्थान हासिल गरेकी हुन्। कार्यक्रममा नगरभित्रका १२ जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको गुराँस युवा क्लबका अध्यक्ष नथुनी यादवले जनाए।

 

प्रदेशसभा सदस्य शतिस कुमार सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सबैला नगरपालिकाका पूर्वमेयर विजय शंकरप्रसाद साह, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?