लागूऔषधविरुद्ध विद्यालयमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १६, २०८०
|
|
३८ पटक हेरिएको
Shares
लागूऔषधविरुद्ध विद्यालयमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता

सारांश

  • धनुषामा युवाहरू लागूऔषधको कुलतमा फसेको भन्ने व्यापक चर्चा चलिरहेको बेला धनुषाको एक विद्यालयमा सोही विषयमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गराइएको छ।
  • धनुषाको सबैला नगरपालिकास्थित रहेको गुराँस युवा क्लबको आयोजना तथा सबैला सेवा समिति कतारको सहयोगमा जनता माध्यमिक विद्यालय सिमराढी गढीको पसिरमा लागूऔषध न्यूनीकरणको विषयलाई लिएर जिल्लास्तरीय मावि स्तरको वक्तृत्वकला प्रतियोगिता भएको हो।
  • उक्त प्रतियोगितामा मावि ठिल्ला सबैलाका अमन मिश्रले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेका छन् भने जनता माध्यमिक विद्यालय सिमराढी गढीका रंजित कुमार यादवले द्वितीय पुरस्कार प्राप्त गरेका हुन्।

मौसम झा

१६मंसिर, जनकपुरधाम । धनुषामा युवाहरू लागूऔषधको कुलतमा फसेको भन्ने व्यापक चर्चा चलिरहेको बेला धनुषाको एक विद्यालयमा सोही विषयमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गराइएको छ।

धनुषाको सबैला नगरपालिकास्थित रहेको गुराँस युवा क्लबको आयोजना तथा सबैला सेवा समिति कतारको सहयोगमा जनता माध्यमिक विद्यालय सिमराढी गढीको पसिरमा लागूऔषध न्यूनीकरणको विषयलाई लिएर जिल्लास्तरीय मावि स्तरको वक्तृत्वकला प्रतियोगिता भएको हो। उक्त प्रतियोगितामा मावि ठिल्ला सबैलाका अमन मिश्रले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेका छन् भने जनता माध्यमिक विद्यालय सिमराढी गढीका रंजित कुमार यादवले द्वितीय पुरस्कार प्राप्त गरेका हुन्।
यहि सम्बन्धमा युवा तथा लोकप्रिय नेता नथुनि यादव(हरेराम) भन्छन आफु सँग जति सहयोग हुन्छ गर्छु तर यो समाजमा जति बिकृति छन जरै बाट हटाउनेछु यो मेरो प्रतिबद्धता छ।

सबैला सेवा समिति कतारको सहयोगमा स्थापित स्वा. जिवछ लाल दास गरिव तथा जेहेन्दार मेघावी छात्रवृत्ति अक्षयकोष वितरण समारोहको शुभ अवसरमा छात्रवृत्ति वितरणका साथै वक्तृत्वकला एवम् मावि स्तरको नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो। नृत्य प्रतियोगितातर्फ रामप्रसाद मावि सबैलाका श्रेया मिश्र प्रथम स्थान ल्याएकी छन् भने मावि राधापुरकी शौरभी तामाङले द्वितीय स्थान हासिल गरेकी हुन्। कार्यक्रममा नगरभित्रका १२ जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको गुराँस युवा क्लबका अध्यक्ष नथुनी यादवले जनाए।

प्रदेशसभा सदस्य शतिस कुमार सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सबैला नगरपालिकाका पूर्वमेयर विजय शंकरप्रसाद साह, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह
तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी
तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९४ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९४ जनालाई कारबाही
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?