जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३१ पटक हेरिएको
Shares
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश

सारांश

  • जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्।
  • ‎बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा चौधरीले पार्टी प्रवेश गरेका हुन्।
  • प्रवेश कार्यक्रममा अध्यक्ष यादवले चौधरीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे।

‎२ पुस, काठमाण्डाै ।

जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्। ‎बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा चौधरीले पार्टी प्रवेश गरेका हुन्। प्रवेश कार्यक्रममा अध्यक्ष यादवले चौधरीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे।

पार्टी प्रवेशपछि बोल्दै भरत चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएको बताएका छन्। “मधेशी जनताको अधिकार, संघीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ,” उनले भने। ‎जसपा नेपालका नेताहरूले चौधरीको प्रवेशले मधेश प्रदेशमा पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्

। उनीहरूका अनुसार अनुभवी र प्रभावशाली नेताको आगमनले आगामी राजनीतिक गतिविधि तथा निर्वाचनमा पार्टीलाई सकारात्मक ऊर्जा मिल्नेछ। ‎कार्यक्रममा जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशाेर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल, कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव तथा बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन राय लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
३ अर्बका सडक र पुलका ठेक्का रद्द
३ अर्बका सडक र पुलका ठेक्का रद्द
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
आज मध्य रातिदेखि सर्लाहीका नेपाल–भारत सीमा नाका बन्द हुने