१२ श्रावण २०८२, आईतवार

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

११ साउन, चितवन ।

आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो । वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ । तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ । उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।विद्युत लोड व्यवस्थापनमा आएको समस्या बुधबारसम्म हल हुने जनाएको छ विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बुधबारसम्म वैकल्पिक व्यवस्थापन गरेर चनौली वितरण केन्द्रमा देखिएको विद्युतको अधिक भारको व्यवस्थापन गरिने बताए । डिभिजन प्रमुख झाले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत जडानको काम सोमबारसम्म सकिने बताए । उनले भने, म पनि हर्दीमा गएर निरीक्षण गरेर आएँविद्युतको समस्या भरतपुर र माडीमा मात्रै हैन पूर्वी चितवनका अन्य क्षेत्र टाँडी पर्सा भण्डारासम्म पनि छ । हर्दी स्टेशन चलेपछि यसको समस्याको धेरै समाधान हुन्छ ।हर्दी स्टेशनबाट विद्युत दिएर भरतपुर पर्साको लोड घटाउने र हर्दीबाट भरतपु महानगरपालिका वडा नं. १३ को देवनगर सवस्टेशनमा विद्युत पठाउने तयारी तीव्र गतिमा भएको डिभिजन प्रमुख झाले बताए । उनले देवनगर स्टेशन ३३ केभिएबाट सिधै जगतपुरमा लाइन सप्लाई गरेर अहिले भैरहेको चनौलीको लोडलाई कम गराउने उनको भनाइ छ । त्यसका लागि मंगलबार वा बढीमा बुधबारसम्म काम सकिने उनले जानकारी दिए ।

यस्तो छ लोडसेडिङ तालिका 

१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।

२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।

३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?