११ श्रावण २०८२, शनिबार

नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ

१० साउन, काठमाडौं । 

नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् । नक्कली लालपुर्जा प्रकरणमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जयकुमार केवट र तिलोत्तमाकी रञ्जना थापा पनि पक्राउ परेकी छन् । उनीहरूलाई सरकारी छापको दुरुपयोग र नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार उक्त प्रकरणमा संलग्न अन्य मालपोत कर्मचारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोतका अनुसार उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?