नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
१९ पटक हेरिएको
Shares
नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त

सारांश

  • शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले नेपाललाई दक्षिण एसियामा नेत्र उपचारको केन्द्रको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
  • प्रतिनिधि सभाको शुक्रवारको बैठकमा तिलगङ्गा विश्वविद्यालय सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री पन्तले यस्तो बताउनुभएको हो ।
  • नेपाललाई दक्षिण एसियाको आँखा उपचार केन्द्रको रुपमा विकास गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

९ साउन, काठमाडौं ।

शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले नेपाललाई दक्षिण एसियामा नेत्र उपचारको केन्द्रको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा तिलगङ्गा विश्वविद्यालय सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री पन्तले यस्तो बताउनुभएको हो । नेपाललाई दक्षिण एसियाको आँखा उपचार केन्द्रको रुपमा विकास गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

उहाँले नेपालमा हुने आँखा उपचार अन्य देशहरुभन्दा छरितो, सरल, सहज र विश्वसनीय मात्र नभई लागतको दृष्टिले पनि निकै सस्तो रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘नेपाल अहिले दक्षिण एसियामा नेत्र उपचारको केन्द्रको रुपमा स्थापित हुन खोजिरहेको छ । त्यो सम्भावना निकै देखिएको छ । र त्यो सम्भावनालाई यो विश्वविद्यालयको स्थापनाले महत्वपूर्ण योगदान पु¥याउनेछ । नेपालको आँखा उपचार विश्वसनीय, छरितो, सरल र सहज र सस्तो पनि छ । बाहिरका देशहरुको आधाभन्दा कम खर्चमा नेपालमा आँखा उपचार भइरहेको छ । त्यसले गर्दा नेपालको आँखा उपचारको ठूलो सम्भावना छ । त्यसलाई यस विधेयकले सत्य सावित गर्नेछ ।’ नेपालको आँखा उपचार क्षमतालाई थप सुदृढ गर्दै नेपाललाई क्षेत्रीय नेत्र उपचार तथा अनुसन्धानको हब बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ