११ श्रावण २०८२, शनिबार

अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा

९ साउन, काठमाडौं । 

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले मधेसमा दशकौँदेखि अलपत्र पारिएका खानेपानी आयोजनाका कारण मरुभूमिकरण बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनु भएको हो । उहाँले मधेशवासीलाई खानेपानी, सिँचाइ र मल आपूर्तिको व्यवस्थापन तत्काल गर्न सरकारसँग माग गर्नुभयो । सांसद शर्माले मधेशवासीले बोरिङ चलाएवापत आउने विद्युत महशुल समेत सरकारले तिर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेसमा करिब तीन दशकदेखि सुरु भएका खानेपानी आयोजनाहरु अधुरा छन् । ती पुरा नभएको कारण पनि  पानीको हाहाकार भएको छ । चुरेको विनाशका कारण्ले पनि आज यो संकट उत्पन्न भएको छ । केही वर्षपछि यस्तै भयो भने मरुभूमि हुने भन्ने वैज्ञानिकहरुको भनाइ छ । किसानहरुले खोनपानी, सिंचाई र मल ल्याउन पनि नपाउने ? सीमा नाकाबाट मल ल्याउन दिइओस् ।’ उहाँले चुरे क्षेत्रको विनाश बढ्दै गए केही वर्षमा मरुभूमि हुने भन्दै चुरे संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Previous post

तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग

Next post

एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?

Post Comment

छुटाउनुभयो कि ?