Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने

सारांश

  • त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ ।
  • बिहीवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिबारे जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जियिनर प्रदीप अधिकारीले यसबारे जानकारी गराउनुभएको हो ।
  • उहाँकाअनुसार इन्टरनेशनल पार्किङ एप्रोनमा यसअघि ११ वटा मात्रै विमानहरु पार्किङ गर्न सकिन्थ्यो ।

८ साउन, काठमाडौं ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ । बिहीवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिबारे जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जियिनर प्रदीप अधिकारीले यसबारे जानकारी गराउनुभएको हो । उहाँकाअनुसार इन्टरनेशनल पार्किङ एप्रोनमा यसअघि ११ वटा मात्रै विमानहरु पार्किङ गर्न सकिन्थ्यो ।

अब न्यारोबडी १८ वटा, वाइडबडी र न्यारोबडी मिलाएर राख्दा ६/६ वटा राख्न सकिने बताउनु भयो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि भइरहेको बताउँदै पार्किङको पनि क्षमता बढेको बताउनु भयो । अब टर्मिनलको क्षमता वृद्धि गर्न जरुरी रहेको उहाँको भनाइ छ । एप्रोन, रनवे, प्यारालल ट्याक्सीवेको काम लगभग सम्पन्न भएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘इन्टरनेशनल पार्किङ एप्रोन जुन छ, त्यसमा न्यारोबडी राख्नुभयो भने १८ वटा, वाइडबडी र न्यारोबडी गरेर राख्नुभयो भने ६ वटा वाइडबडी, ६ वटा न्यारोबडी राख्न सकिन्छ । अहिलेसम्म हामी न्यारोबडी र वाइडबडी गरेर ११ वटा मात्रै राख्न सक्छौँ । अब २९ वटा जहाज यहाँ पार्किङ गर्नसक्छौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि भइरहेको छ ।

पार्किङको पनि क्षमता बढेको छ । अब टर्मिनलको क्षमता वृद्धि गर्न जरुरी रहेको छ । एप्रोन, रनवे, प्यारालल ट्याक्सीवेको काम लगभग सम्पन्न भएको छ ।’अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभूवन विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्य गरिरहेको छ । विमानस्थलमा १५ अर्ब रुपैयाँ लागतको धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माण कार्य जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट २ पक्राउ
जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट २ पक्राउ
आज जेठ ८ गते सोमबार, यस्तो छ आजको राशिफल। 
आज जेठ ८ गते सोमबार, यस्तो छ आजको राशिफल। 
तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली
बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु