कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग

सारांश

  • नेकपा (एमाले) निकट नेपाल कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरुलाई निजामति सेवामा समावेश गर्न माग गरेको छ ।
  • शहीद स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रमहरुको जानकारी दिन बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले उक्त माग गरेको हो ।
  • कार्यालय सहयोगीबाहेक अन्य पदहरुमो टे«ड युनियन गठनको अधिकार सुनिश्चित गरिनुपर्ने संगठनको माग छ ।

८ साउन, काठमाडौं ।

नेकपा (एमाले) निकट नेपाल कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरुलाई निजामति सेवामा समावेश गर्न माग गरेको छ । शहीद स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रमहरुको जानकारी दिन बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले उक्त माग गरेको हो । कार्यालय सहयोगीबाहेक अन्य पदहरुमो टे«ड युनियन गठनको अधिकार सुनिश्चित गरिनुपर्ने संगठनको माग छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका प्रवक्ता रामचन्द्र अधिकारीले संघीय निजामति सेवा विधेयकमार्फत कर्मचारीको तह र श्रेणी समायोजन, निवृत्तिभरण, करार सेवामा कार्यरत कर्मचारीहरुको स्थायीत्व लगायतका मागहरु सम्बोधन गरिनुपर्ने बताउनु भयो । उहाँले विधेयकमार्फत कर्मचारीको हक र अधिकार सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीहरुलाई निजामतिको परिषामा समावेश

गर्नुपर्ने, कार्यालय प्रमुख हुनेबाहेक आठौँ तहमुनिका कर्मचारीहरुको हकहितका लागि आधिकारिक टे«ड युनियन गठन हुनुपर्ने, कुनैपनि पदमा पाँच वर्ष सेवा गरेको कर्मचारीको एक तह वृद्धि र दश वर्ष काम गरेको कर्मचारीको तोकिएको शैक्षिक योग्यता रहेको छ भने त्यस्ता कर्मचारीहरुलाई एक श्रेणी वृद्धि गरि तह मिलान गर्नुपर्ने संगठनको माग छ ।’साथै संगठनले शहिद स्मृति दिवस २०८२ को अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ । २०४८ सालको ५६ दिने आन्दोलनका क्रममा शहीद भएकाहरुको स्मरणमा ‘शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस’ मनाइने प्रवक्ता अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी
कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, ताेलाकाे तीन लाख नाघ्यो
सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, ताेलाकाे तीन लाख नाघ्यो
३० जेठदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने
३० जेठदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ