८ श्रावण २०८२, बुधबार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

७ साउन, काठमाडौं । 

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुख घिमिरेले बुधबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा समितिको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले साउन १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डरलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?