Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कर्णाली–सुदूरपश्चिमका भूकम्पपीडितलाई अस्थायी आवासका लागि ३ अर्ब ९५ करोडको राहत वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
कर्णाली–सुदूरपश्चिमका भूकम्पपीडितलाई अस्थायी आवासका लागि ३ अर्ब ९५ करोडको राहत वितरण

सारांश

  •   गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी निजी आवास र्निर्माणका लागि राहत वितरण कार्य सम्पन्न भइसकेको बताउनुभएको छ ।
  • राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।
  • उहाँले कर्णाली र सुदूरपश्चिमका भूकम्प प्रभावित जिलामा कुल ३ अर्ब ९५ करोड ६५ लाख ५० हजार रुपैयाँ राहत वितरण भइसकेको बताउनु भयो ।

६ साउन, काठमाडौं । 

गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी निजी आवास र्निर्माणका लागि राहत वितरण कार्य सम्पन्न भइसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले कर्णाली र सुदूरपश्चिमका भूकम्प प्रभावित जिलामा कुल ३ अर्ब ९५ करोड ६५ लाख ५० हजार रुपैयाँ राहत वितरण भइसकेको बताउनु भयो ।

उहाँकाअनुसार जाजरकोटका लागि १ अर्ब ९१ करोड ९१ लाख ७५ हजार, रुकुम पश्चिममा १ अर्ब ६१ करोड १२ लाख, सल्यानमा ७ करोड, बाजुरामा १० करोड ५० लाख, बझाङमा २५ करोड र जुम्लामा १ लाख ५० हजार रुपैयाँ वितरण गरिएको छ । उहाँले विपद् प्रभावित निजी आवास प्रबलिकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि जारी भई कार्यान्वयनमा रहेको पनि बताउनु भयो । उहाँले भूकम्पले भत्किएको घरहरुको डिडिए कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै छिट्टै स्थायी आवास निर्माणका लागि राहत उपलब्ध गराउने कुरामा समेत सरकार गम्भीर रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘जाजरकोट भूकम्पबाट निजी आवासमा क्षति पुगेका घरपरिवारलाई आवास निर्माणका लागि प्रति घरपरिवार दुई किस्तामा गरी जम्मा ५०

हजारका दरले १ अर्ब, ९१ करोड, ९१ लाख ७५ हजार रुपैयाँ, रुकुम पश्चिममा १ अर्ब ६१ करोड १२ लाख, सल्यानमा ७ करोड, बाजुरामा १० करोड ५० लाख, बझाङमा २५ करोड र जुम्लामा १ लाख ५० हजार गरी कुल ३ अर्ब, ९५ करोड, ६५ लाख , ५० हजार रुपैयाँ वितरण कार्य सम्पन्न भइसकेको छ । विपद् प्रभावित निजी आवास प्रबलिकरण, पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यविधि समेत जारी भई कार्यान्वयन भइरहेको छ । भूकम्पबाट प्रभावित कर्णाली र सुदूरपश्चिममा ७६ हजार ३०८ घरधुरीको डिडिए सम्पन्न भई डाटा भेरिफिकेसनको कार्य भइरहेको छ ।’ स्थायी आवास निर्माणका लागि बजेटको सीमा र गम्भिर्यतालाई हेरेर राहत वितरण गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
विशेष महाधिवेशनसहित माओवादीले तय गर्‍यो केन्द्रीय समितिका एजेन्डा
विशेष महाधिवेशनसहित माओवादीले तय गर्‍यो केन्द्रीय समितिका एजेन्डा
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
‘ट्रयाक’ खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक
‘ट्रयाक’ खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग
म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृ*त्यु
म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृ*त्यु
कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन
कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ