११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार
४ असार, काठमाडौं ।
११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार भएको छ । आइतबार शेयर बजारमा ११ महिनापछि २० अर्ब बढीको कारोबार भएको हो ।आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ०.३२ अंकले घटेर २८७०.९५ को विन्दुमा कायम भएको छ । आज २१ अर्ब ४६ करोड ४९ लाख ९५ हजार रुपैयाँ कारोबार भएको छ ।
अन्तिमपटक २०८१ भदौ २ गते २८ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । त्यसयता भदौ ९ गते १९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो । गत साताको अन्तिम कारोबारका दिन बिहीबार परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा बन्द भएको थियो । आज उन्नती सहकारी लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

Related posts:
मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृ*त्यु
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment