Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
४५ पटक हेरिएको
Shares
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी

सारांश

  •   नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् ।
  • वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।
  • एएफसी महिला एसियन कप छनोटका दाैरान उज्बेकिस्तानमा भएको घटनाक्रमको वास्तविकताबारे जानकारी गराउन एन्फाले वाइल्डलाई पत्र पठाएको थियो ।

४ साउन, काठमाडौं । 

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् । वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । एएफसी महिला एसियन कप छनोटका दाैरान उज्बेकिस्तानमा भएको घटनाक्रमको वास्तविकताबारे जानकारी गराउन एन्फाले वाइल्डलाई पत्र पठाएको थियो । त्यसको जवाफमा वाइल्डले राजीनामा नै पठाएका हुन् ।

एन्फा अध्यक्ष पंकज नेम्वाङ हाल बाहिर रहेकोले कोचको राजीनामाको विषयमा के गर्ने भन्ने निर्णय एन्फाले नगरिसकेको सोतले जनाएको छ । एसियन कप छनोट दाैरान कप्तान चयनको विषय विवादित बन्दा मुख्य प्रशिक्षक वाईल्ड र नेपाली टिम व्यवस्थापनबीच पनि विवाद भएको थियो । वाइल्डले एक अन्तर्वार्तामा एन्फा नसुध्रिए आफू नेपाल नफर्कने भन्दै उज्बेकिस्तानबाट आफ्नै देश बेल्जियम गएका थिए ।

यता नेपाली टोली स्वदेश फर्किएपछि हेड अफ डेलेगेट्स, टिम म्यानेजर र सहायक प्रशिक्षहरुले पत्रकार सम्मेलन गर्दै सबै घटनाक्रम बप्तान चयन लगायत विषयमा मुख्य प्रशिक्षक वाइल्ड नै दोषी रहेको दावी गरेका थिए । एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसमाथि सहज जित निकाल्दा उज्बेकिस्तानसँग ३-३ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा चुकेर एसियन कपमा छनोट हुन सकेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान
फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड
जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड
MDMS मा दर्ता नभएकाे मोबाइल फोन आजदेखि बन्द हुदै 
MDMS मा दर्ता नभएकाे मोबाइल फोन आजदेखि बन्द हुदै 
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
न्यायाधीश बम ह*त्याका फरार प्रतिवादी थापा पक्राउ
न्यायाधीश बम ह*त्याका फरार प्रतिवादी थापा पक्राउ
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि
इटहरी र धरान उपमहानगरसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
इटहरी र धरान उपमहानगरसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई