Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

MDMS मा दर्ता नभएकाे मोबाइल फोन आजदेखि बन्द हुदै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २०, २०८०
|
|
५० पटक हेरिएको
Shares
MDMS मा दर्ता नभएकाे मोबाइल फोन आजदेखि बन्द हुदै 

सारांश

  • आज सोमबार राति ९ बजे देखि MDMS (मोबाइल डिवाइस म्यानेजमेन्ट सिस्टम) पूर्ण रूपमा कार्यान्वयन हुनेभएको छ।
  • नियामक नेपाल दूरसञ्चार प्राधिकरण ले अन्ततः मोबाइल फोन दर्ता नभई नेपाल भित्र चल्न नसक्ने नियम लागू गर्ने निश्चित भएको हाे।
  • नेपाल दूरसञ्चार का अध्यक्ष प्रुषोत्तम खनाल ले हाई इन्ड तथा प्रीमियम स्मार्टफोन बाट यो प्रणाली कार्यान्वयन हुनलागेको जानकारी दिएका छन्।

काठमाडौं।

आज सोमबार राति ९ बजे देखि MDMS (मोबाइल डिवाइस म्यानेजमेन्ट सिस्टम) पूर्ण रूपमा कार्यान्वयन हुनेभएको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरण ले अन्ततः मोबाइल फोन दर्ता नभई नेपाल भित्र चल्न नसक्ने नियम लागू गर्ने निश्चित भएको हाे।

नेपाल दूरसञ्चार का अध्यक्ष प्रुषोत्तम खनाल ले हाई इन्ड तथा प्रीमियम स्मार्टफोन बाट यो प्रणाली कार्यान्वयन हुनलागेको जानकारी दिएका छन्। नयाँ iphone 15 सिरिज बाट एमडिएमएस कार्यान्वयन थालेर सुरुवाती चरणमा दर्ता नभई नेपाल भित्र सञ्चालन मा रहेका उक्त सिरिज का फोनहरु बन्द गर्ने अध्यक्ष खनाल ले बताएका छन्।

अध्यक्ष खनाल अनुसार हालै बजारमा भित्रिएको iPhone 15 सिरिज का करीब २५ सय स्मार्टफोन MDMS(Mobile Device Management System) मा दर्ता नभई सञ्चालन मा रहेको पाइएका छन्। आ सोमबार राती ९ बजे पछि ती फोनहरु नेपाल भित्र चल्न छोड्ने, उनले बताएका छन्।

 

प्राधिकरण ले गएको कार्तिक ४ गते शनिवार का दिन एक सूचना निकाल्दै, MDMS मा दर्ता नभएको मोबाइल १५ दिनपछि नचल्ने जानकारी दिएको थियो। उक्त प्रणाली मा दर्ता नभएको फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरण ले स्पष्ट पारिसकेको छ।

https://press4k.com/

प्राधिकरण ले नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेष्ठ ०१ गते देखि MDMS प्रणाली लागु गर्ने भनी पहिलाे पटक सूचना २०८०/०१/३० गते प्रकाशित गरेको थियो। त्यसो त यस अघि पनि प्राधिकरणले पटक पटक एमएसएमएस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयनमा आउन सकेको थिएन। यही कारण कतिपय ले अझै पनि दर्ता नभएका मोबाइल नचल्ने प्राधिकरणको यो सूचना लाई गम्भीरता का साथ लिने गरेका छैनन्।

मोबाइल सेटको गैरकानूनी आयात, विक्रीवितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो प्रणाली आजदेखि लागू गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता
रसायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
एक महिनामै भित्रियो डेढ खर्ब रेमिट्यान्स
एक महिनामै भित्रियो डेढ खर्ब रेमिट्यान्स
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ
जय ट्रफी: बुधबार दुई खेल हुँदै
जय ट्रफी: बुधबार दुई खेल हुँदै
कर वृद्धिविरुद्ध चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी
कर वृद्धिविरुद्ध चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने
सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने