सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै

सारांश

  • कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउने भएको छ ।
  • ब्युरोको भवन निर्माण भइसकेको र अब उपकरण जडान गर्न बाँकी रहेको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभएको छ ।
  • शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक थापाले अहिले प्रविधिको प्रयोग सुरक्षाको मुख्य चुनौती भएको बताउनु भयो ।

३ असार, काठमाडौं ।

कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउने भएको छ । ब्युरोको भवन निर्माण भइसकेको र अब उपकरण जडान गर्न बाँकी रहेको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभएको छ । शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक थापाले अहिले प्रविधिको प्रयोग सुरक्षाको मुख्य चुनौती भएको बताउनु भयो ।

प्रविधिको प्रयोगबाटै चोरी, ठगी लगायका गतिविधि हुने गरेको भन्दै प्रहरी महानिरीक्षक थापाले प्रविधिको प्रयोग गरेर हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई प्रविधिमै सक्षम बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले चोरी भयो भने पनि प्रविधिबाटै हुन्छ । अनलाइन फ्रड हुन्छ । अनलाइन स्क्याम हुन्छ । अहिले टेलिग्रामबाट धेरै ठगिएको अवस्था छ । अहिले भर्खरै प्रधानमन्त्री कार्यालयको सचिवालयबाट मलाई पठाउनुभयो । टेलिग्राम बन्द गर्नुप¥यो भनेर गृहमन्त्रालयबाट पनि धेरै अगाडिबाट पठाइसकेपछि अहिले अहिले टेलिग्राम बल्ल बन्द हुन आँटेको छ । त्यो टेलिग्रामले सबभन्दा बढी ठगिएको अवस्था छ ।एआई आयो अब । फरेन्सिक (ल्याब)को बारेमा पनि माननीयज्युले भन्नुभएको छ ।

फरेन्सिकको काठमाडौँमा मात्रै हुन्थ्यो भने अब फरसेन्सिक ल्याब धरानमा, नेपालगञ्जमा र यसपटक पोखरामा पनि राखेर, अब सातैवटा प्रदेशमा फरेनिसक ल्याब विस्तार गर्ने भनेका छौँ । अब ल्याब मात्रै बनाएर भएन, इक्युपमेण्ट मात्रै राखेर भएन । त्यसमा दक्ष जनशक्तिको आवश्यकता छ । दक्ष जनशक्ति भनेको कहिले कहीँ हामीले विज्ञको सहायता पनि लिन्छौँ । एक्पर्ट मान्छेहरू लिएर पनि गर्छौं । र अनुसन्धानमा एक्पर्ट मान्छेहरू लिँदा कहिलेकाहीँ त्यहाँ च्यालेन्जहरू आउँछ भनेर हाम्रा मान्छेलाई दक्ष गराएको अवस्था छ ।’ महानिरीक्षक थापाले साइबर अपराध नियन्त्रण गर्न विभिन्न दातृ निकायको सहयोग लिने गरिएको पनि स्पष्ट पार्नुभयो । खासगरी इन्टरपोलको सहायता उल्लेखनीय रहेको थापाको भनाई थियो ।

उहाँले अपराध अनुसन्धानमा खटिने प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रयास गरिरहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘विभिन्न दातृ निकायहरू, विभिन्न विदेशी निकायहरूसँग पनि समन्वय गरेर, त्यो भन्दा पनि इन्टरपोलको कार्यक्रमहरू पनि छन् । यसबाट हामीले साइबर र साइबरमा खटिनेहरुलाई प्रविधिमैत्री बनाउन त्यसमा लागेका छौँ । म यहाँ जाहेर गर्न चाहन्छु, कोरिया सरकारको सहयोगमा १०० करोडको लागतमा साइबर ब्युरो बन्न लागेको छ । भवन बनिसकेको अवस्था छ । अब त्यहाँ साइबर ल्याबहरू आउँदै छ । त्यो भएपछि अझ हामीलाई सहज हुन्छ ।’कोरिया सरकारको एकसय करोड रुपैयाँ सहयोगमा निर्माण भइरहेको साइबर ब्युरोले साइबरमा खटिने जनशक्तिलाई बल पुग्ने महानिरीक्षक थापाले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण
बाढी प्रभावित बालबालिकाका लागि चीनले दियो १ करोड १० लाख सहयोग
बाढी प्रभावित बालबालिकाका लागि चीनले दियो १ करोड १० लाख सहयोग
आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै
आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै
सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी
सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ
अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ
खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो
खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो