गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृ*त्यु
२ साउन, काठमाडौं ।
दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको सहायता वितरण केन्द्रमा २१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमध्ये १५ जनाको मृत्यु भीडमा ग्यास छरेपछि भएको भागदौडका कारण निसास्सिएर भएको स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।
पहिलो पटक, सहायता वितरण केन्द्रहरूमा नागरिकहरूमा निसास्सिएर र गम्भीर भागदौडका कारण मृत्यु भएको हो । अमेरिका समर्थित गाजा मानवीय फाउन्डेसनका अनुसार भीडमा आन्दोलनकारीहरूले ग्यास छर्किएका थिए । कमजोर व्यवस्थापन र सञ्चालन कारण यस्ता दुर्घटना हुने गरेको अध्ययन टोलीको निष्कर्ष छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment