बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
२ साउन, काठमाडौं ।
साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । यसअघि बिहीबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९२ हजार ३ सय रहेको थियो ।
आज मूल्य तोलामा २ सयले वृद्धि भइ सुनको मूल्य १ लाख ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । हिजो प्रतितोला चाँदीको मूल्य २ हजार २ सय ६५ रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार २ सय ८० कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment