२६ भाद्र २०८२, बिहीबार

महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार

१ साउन, काठमाडौं ।

दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदीको बीचमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय विक्रम केसी नदीको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजको टोलीले सकुशल उद्धार गरेको हो । उद्धार गरिएका ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?