घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
६५ पटक हेरिएको
Shares
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै

सारांश

  •   घुस ‘डिल’ को अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा जानकारी लिएर उनलाई आजै हटाउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।
  • स्रोतले  भन्यो, ‘यसबारे प्रधानमन्त्रीज्यूले मन्त्रीबाट विस्तृत ब्रिफिङ लिनुहुनेछ ।

३० असार, काठमाडौं । 

घुस ‘डिल’ को अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा जानकारी लिएर उनलाई आजै हटाउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो । स्रोतले  भन्यो, ‘यसबारे प्रधानमन्त्रीज्यूले मन्त्रीबाट विस्तृत ब्रिफिङ लिनुहुनेछ । संलग्न विभिन्न व्यक्तिका नाम पनि आइरहेका छन् । राजीनामा गरेर मार्ग प्रशस्त गर्न भनिनेछ । नभए बर्खास्त नै हुनेछ ।’ उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ ।

साथै, मन्त्री गुप्ता पदमुक्त गराएसँगै यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने भएको छ । केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
आईफोन १५ सिरिज शून्य डाउन पेमेन्टमा किन्न पाइने
आईफोन १५ सिरिज शून्य डाउन पेमेन्टमा किन्न पाइने
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद
पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद
जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी
जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार
झापामा २० हजार हेक्टरमा चैते धानखेती
झापामा २० हजार हेक्टरमा चैते धानखेती
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्यवृद्धि
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्यवृद्धि