चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

सारांश

  • गएराति काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मध्यम वर्षा भएको छ ।
  • राति सङ्खुवासभामा ठूलो पानी परेको थियो ।
  • हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

३० असार, काठमाडौँ ।

गएराति काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मध्यम वर्षा भएको छ । राति सङ्खुवासभामा ठूलो पानी परेको थियो । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी, सुदूरपश्चिमका एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना  छ ।

राति पनि कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  पानी परेका ठाउँमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?