धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
धनुषा जिल्लाको गोदरमा चारतारे मनसरा होटल बन्ने भएको छ । मनसरा होटल प्रालिले सन् २०२४ मा होटल दर्ता गरी निर्माण सुरु गरेको हो । होटल ९.२ हेक्टर क्षेत्रफलमा निर्माण हुने छ । होटलमा ६० वटा सुविधा सम्पन्न कोठा बन्नेछ । जसमा एउटा आवासीय सुइट, २ वटा सुइट कोठा, ३६ वटा डिलक्स कोठा र २१ वटा स्ट्यान्डर्ड कोठा हुने छ । होटलमा रेष्टुरेन्ट, जीम तथा स्वास्थ क्लब, स्वीमिङ पुल, स्पा र विवाह तथा ब्याङ्क्वेट सुविधा हुनेछ ।
कम्पनीले होटल निर्माण गर्न १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । कम्पनीले ३९:६१ लगानीको अनुपात राखेको छ । कम्पनीले होटल निर्माणका लागि ६० करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । हालसम्म कम्पनीको १६ प्रतिशत आर्थिक प्रगति भइसकेको उल्लेख गरेको छ । जसमा कम्पनीले १६ करोड रुपैयाँ इक्विटीमार्फत् लगानी गरिसकेको छ । कम्पनीअनुसार हालसम्ममा बैंकबाट कर्जाको लागि सम्पूर्ण कार्य भइसकेको अवस्था छ ।
हालसम्ममा कम्पनीले ४९ करोड ५० लाख रुपैयाँ कर्जाका लागि अनुमति पाइसकेको छ । त्यसमध्ये ९ करोड ७५ लाख रुपैयाँ बैंकबाट पाइसकेको अवस्था छ । त्यसैगरी १९ करोड ५० लाख रुपैयाँ रुपैयाँ आयोजनामा लगानी भइसकेको जनाएको छ । कम्पनीले हाल होटल निर्माणको कार्य तीब्र गतिमा अगाडि बढाएको छ । हाटल आगामी २०२७ को अप्रिलसम्ममा सञ्चालनमा ल्याउने योजना बनाएको छ ।कम्पनीका अध्यक्ष इन्दिरा पन्त हुन् । उनी कालिञ्चोक हाइड्रोका पनि पनि अध्यक्ष हुन् ।
Post Comment