१० श्रावण २०८२, शुक्रबार

किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद

२५ असार, काठमाडौं ।

नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले धान रोपाईंको मुख्य समयमा समेत किसानले मल नपाएको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद साउदले यस्तो बताउनुभएको हो । उहाँले किसानले समयमै मल नपाउँदा धानको उत्पादकत्वमा कमी आउँदा खाद्य सुरक्षामै असर पर्ने बताउनु भयो ।

उहाँले जेठ महिनामै धान रोपाईं शुरु हुने कञ्चनपुरलगायतका जिल्लामा समेत मल उपलब्ध नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले किसानको लगानी, श्रम र आशामाथि तुषारापात गर्न नहुने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘धान रोपाइँ चलिरहेको बेला किसानहरुलाई समयमै मल उपलब्ध गराउन नसक्नु गम्भिर विषय भएको छ । जेठ महिनामै रापाईं सुरु हुने कञ्चनपुर लगायतका जिल्लाहरुमा समयमा मल उपलब्ध गराउन सकिएको छैन ।

कृषकहरुको ठूलो लगानी, श्रम र आशामा तुषारापात भयो भने हाम्रो वर्षभरीकै खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूति समेत जोखिममा पर्ने देखिन्छ । कृषि प्रधान देशले खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु आफैंमा एउटा विडम्वना भएको छ ।’सांसद साउदले मल आपूर्तिको समस्याको समाधानका लागि दीर्घकालीन कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?