८ श्रावण २०८२, बुधबार

रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पु¥याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्

ने२५ असार, काठमाडौं ।

नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताउनुभएको हो । उहाँले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताउनु भयो ।

गलत टिप्पणी गर्ने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ संसद नभएको जिकिर गर्नुभयो । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै नभइ राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुने बताउनु भयो । बोल्दा हेक्क पु¥याएर बोल्न र भाषा र परिभाषाको ज्ञान सिकेर आउन चुनौति दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो संसद अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरिने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ होइन । तथ्यको आधारमा कुरा गरौँ । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै होइन, राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुन्छ ।

पटक पटक टिप्पणी गरिरहेका मान्यज्युलाई म प्रश्न गर्न चाहन्छु, भाषा र परिभाषाको ज्ञान तपाईंलाई सिकाउनप¥यो भने हामी तयार छौँ । तर बोल्दा हेक्का पु¥याएर बोल्न चुनौति दिन चाहन्छु ।’ सचेतक बरालले प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरि पनि प्रमाणसहित दिन तयार रहेको बताउनु भयो । प्रधानमन्त्रीले देशको गौरव बनाएर आउँदा किन छटपटी भयो ? भन्दै प्रश्न गर्नुभयो । रास्वपाको राष्ट्रप्रेम पटक पटक घटनाक्रमहरु र तथ्य तथ्यांकहरुबाट देखिसकेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?