सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
९३ पटक हेरिएको
Shares
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताउनुभएको छ ।
  • राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा शिक्षामन्त्री पन्तले निजी क्षेत्रका विद्यालयलाई सरकारीकरण गर्न नसकिने र विद्यार्थीहरूलाई सरकारी विद्यालयमा मात्रै पढ्नुपर्ने बाध्यकारी व्यवस्था गर्न नसक्ने अवस्थामा सरकारी विद्यालयको गुणस्तर निजीसरह र अझ त्यो भन्दा राम्रो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।
  • “आफ्ना छोराछोरीकहाँ पठाउने भन्नेकुरा बाबुआमाको अधिकारको कुरा हो ।

२४ असार, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा शिक्षामन्त्री पन्तले निजी क्षेत्रका विद्यालयलाई सरकारीकरण गर्न नसकिने र विद्यार्थीहरूलाई सरकारी विद्यालयमा मात्रै पढ्नुपर्ने बाध्यकारी व्यवस्था गर्न नसक्ने अवस्थामा सरकारी विद्यालयको गुणस्तर निजीसरह र अझ त्यो भन्दा राम्रो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

“आफ्ना छोराछोरीकहाँ पठाउने भन्नेकुरा बाबुआमाको अधिकारको कुरा हो । व्यक्तिको लोकतान्त्रिक अधिकारसँग सम्बन्धित भएकाले कानुन बनाएर सरकारी विद्यालयमै पढाउनु भनेर बाध्यकारी बनाउन सकिँदैन”, शिक्षामन्त्री पन्तले भन्नुभयो, “सरकारी विद्यालयको गुणस्तरलाई पनि निजीस्तरका विद्यालयकै हाराहारीमा पु¥याउनतर्फ लाग्नपर्छ । बोर्डिङमा उपलब्ध हुनेजत्तिकै वा अझ त्यो भन्दा राम्रो शिक्षा सामुदायिक विद्यालयमा उपलब्ध गराउनका लागि सरकारले आवश्यक सबै साधनस्रोत प्रयोग गर्ने प्रतिबद्धता जनाउँदछु ।”सरकारले तीन खम्बे अर्थनीति बनाएको र शिक्षा क्षेत्रमा पनि निजी क्षेत्रले लगानी गरेको उल्लेख गर्दै पन्तले नयाँ विद्यालय शिक्षा विधेयकले निजी क्षेत्रका शिक्षालयलाई फरक तरिकाले व्यवस्थापन गर्न खोजेको बताउनुभयो । “निजी क्षेत्रका विद्यालयको नियमन कडाइका साथ गरिनुपर्ने कुरा सरकारले बोध गरेको छ । निजी क्षेत्रका विद्यालयलाई सहकारी वा गुठीको अवधारणामा ल्याउन सकिने प्रावधान नयाँ शिक्षा विधेयकमा राखिएको छ”, उहाँले भन्नुभयो ।

मदरसाजस्ता परम्परागत शिक्षा प्रणालीलाई राष्ट्रिय प्रणालीसँग आवद्ध गरी प्रभावकारी रूपमा सञ्चालन तथा नियमन गर्न र ती शिक्षण संस्थालाई प्रदान गरिने अनुदानलाई प्रभावकारी बनाई परम्परागत शैक्षिक प्रणालीको संरक्षण गर्न मापदण्ड कार्यान्वयनमा रहेको उहाँले उल्लेख गर्नुभयो । मदरसाजस्ता परम्परागत शिक्षालयमा दिवा खाजा, निःशुल्क पाठ्यपुस्तकलगायतका सुविधा एकमुष्ठ रूपमा उपलब्ध गराइएको उहाँको भनाइ छ । यस्ता शिक्षालयहरूको पाठ्यक्रम समय र परिस्थितिअनुसार परिवर्तन गरिँदै लगिने शिक्षामन्त्री पन्तको भनाइ छ । संसद्को यसै अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गरेर कार्यान्वयनमा ल्याउने गरी प्रयास भइरहेको पन्तले उल्लेख गर्नुभयो । त्यस्तै, उच्च शिक्षालाई पनि समयानुकूल बनाउने र युवा विदेशिनबाट रोक्नका लागि प्रयास थालिने उहाँको भनाइ छ ।

राष्ट्रियसभाको आजको बैठकमा ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिसमेत छलफल भएको छ । उक्त छलफलका क्रममा उठेका विषयहरूमाथि जवाफ पेस गर्नुहुँदै शिक्षामन्त्री पन्तले विश्वविद्यालय तथा आङ्गिक क्याम्पसमा राज्यको हस्तक्षेप हुन नहुने अवस्था सिर्जना गर्नु अपरिहार्य बनिसकेको बताउनुभयो । अध्ययन अनुसन्धान र विचार चिन्तनको थलोका रूपमा विश्वविद्यालयलाई स्थापित गरिनुपर्ने धारणा पनि उहाँले राख्नुभयो । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमार्फत् त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनले दिएका सुझाव तत्काल प्राथमिताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

त्यस्तै, मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी, राहत तथा उद्धारका काममा जिम्मेवार भएर लाग्न सरकारलाई राष्ट्रियसभाले निर्देशन दिएको छ । “वर्षायाम सुरू भएसँगै यसबाट सिर्जित विपद् र भएको धनजनको क्षतिका घटनाका विवरणहरू आउन थालेका छन् । आज मात्रै रसुवा जिल्लालगायत उत्तरी सीमा क्षेत्रमा आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको विवरण र समाचार आइरहेका छन् । यसले हामी सबैलाई दुःखी र गम्भीर बनाएको छ”, राष्ट्रियसभा अध्यक्ष दाहालले भन्नुभयो, “घटना प्रभावित क्षेत्रमा राज्यका सम्बद्ध निकाय र जिम्मेवार पक्षले तत्काल उपस्थिति जनाई बेपत्ता व्यक्तिको खोजी गर्न, उद्धार कार्यमा तीव्रता दिन, राहत, पुनःस्थापना, पुनःनिर्माण र क्षतिपूर्तिको तत्काल कार्ययोजना बनाइ कार्य गर्न विशेष आग्रह गर्दछ ।”

विभिन्न विपद्जन्य घटनाका सम्भावित क्षेत्रको पहिचान गर्ने, पूर्व तयारीका कार्य गर्ने, घटना हुन नदिने, घटनापश्चात् राहत, उद्धार र क्षतिपूर्ति, पुनःस्थापना र पुनःनिर्माणका कार्यलाई चुस्त बनाइ नागरिकको जीउधनको संरक्षण गर्ने पहिलो दायित्व सरकारको भएकोबारे पनि अध्यक्ष दाहालले सरकार र मातहतका सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा र संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २७ गते शुक्रबार अपरान्ह १२ बजेर १५ मिनेट बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा
सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
अस्पताल समयमा चिकित्सक बाहिर जान नपाउने
अस्पताल समयमा चिकित्सक बाहिर जान नपाउने