Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
४३ पटक हेरिएको
Shares
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक

सारांश

  • उपभोक्ता अदालतको हालैको फैसलापछि चर्किएको चिकित्सक आन्दोलन समाधानका लागि सरकारका तीन मन्त्रालयबीच आज विशेष बैठक बसिरहेको छ ।
  • आन्दोलन चर्किंदै गएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सम्मिलित बैठक बसेको हो ।
  • बैठकमा नेपाल चिकित्सक संघले उठाएका ९ बुँदे माग, उपभोक्ता ऐनको व्यवस्थासम्बन्धी चिकित्सकहरूको आपत्ति र स्वास्थ्य सेवाको निरन्तरतासँग जोडिएका विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

२४ असार, काठमाडौं ।

उपभोक्ता अदालतको हालैको फैसलापछि चर्किएको चिकित्सक आन्दोलन समाधानका लागि सरकारका तीन मन्त्रालयबीच आज विशेष बैठक बसिरहेको छ । आन्दोलन चर्किंदै गएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सम्मिलित बैठक बसेको हो । बैठकमा नेपाल चिकित्सक संघले उठाएका ९ बुँदे माग, उपभोक्ता ऐनको व्यवस्थासम्बन्धी चिकित्सकहरूको आपत्ति र स्वास्थ्य सेवाको निरन्तरतासँग जोडिएका विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

चिकित्सक संघले उपभोक्ता ऐनअन्तर्गत स्वास्थ्यकर्मीलाई उपभोक्ताविरुद्ध अपराधीकरण गर्नेू धारणालाई आपत्तिजनक भन्दै आन्दोलन चर्काइरहेका छन्। । उनीहरूले देशभर आकस्मिक र सघन उपचारबाहेकका नियमित सेवा बन्द गरेका छन्। । संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कील सोमबार नै उपभोक्ता हित संरक्षण मञ्चलाई चिकित्सकप्रति धम्कीपूर्ण भाषा प्रयोग नगर्न चेतावनी दिएका थिए । उनले “न्यायालयप्रति सम्मान जनाउने चिकित्सक वर्गलाई तीन वर्ष जेल कोच्ने चेतावनीको भाषा अमर्यादित” भएको बताएका थिए ।

नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी पनि तीव्र भएको संघका अध्यक्ष कार्की बताए । उनका अनुसार, इमेलमार्फत चिकित्सकहरूले आफ्नो प्रमाणपत्र संकलन गरिरहेका छन् र मंगलबार बेलुकासम्म ती प्रमाणपत्र काउन्सिलमा बुझाउने योजना रहेको छ । यस कदमले आन्दोलनले थप गम्भीर मोड लिन सक्ने देखिएको छ । सरकारले बेलैमा सम्बोधन नगरेमा स्वास्थ्य सेवा ठप्प हुनसक्ने खतरा बढेको सरोकारवालाहरूको चिन्ता छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिकित्सक संघका माग गम्भीर भएकाले सम्बोधन गर्न उच्च तहबाट छलफल आवश्यक भएको जनाए । मन्त्री पौडेल नेतृत्वको मन्त्रालयले समन्वयकारी समाधानको प्रयास भइरहेको बताएको छ । बैठकमा अन्तिम निष्कर्ष आउने आशा गरिएको भए पनि औपचारिक सहमति हालसम्म भएको छैन । चिकित्सक संघले सरकारले लिखित रुपमा ग्यारेन्टी नगरेसम्म आन्दोलन नरोकिने अडान लिएको बताइएको छ । सरकार र चिकित्सकबीचको यो तनावले लामो समयसम्म स्वास्थ्य सेवा प्रभावित हुने संकेत देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु
भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु
पाकिस्तानमा भएका दुई दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु, ४५ जना घाइते
पाकिस्तानमा भएका दुई दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु, ४५ जना घाइते
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
यी हुन् आज शपथ लिन लागेका एमालेका ३३ जना मनोनित केन्द्रीय सदस्य
यी हुन् आज शपथ लिन लागेका एमालेका ३३ जना मनोनित केन्द्रीय सदस्य
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
डोटीमा चट्याङ लागेर एक जनाको मृ*त्यु, सात घाइते
डोटीमा चट्याङ लागेर एक जनाको मृ*त्यु, सात घाइते
एकैदिन ३७ सय रुपैयाँले घट्यो सुनको भाउ
एकैदिन ३७ सय रुपैयाँले घट्यो सुनको भाउ
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ