स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताएका छन् ।
  • प्रतिनिधिसभाको सोमबारको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विभिन्न देशका उच्चपदस्थ सहभागी सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताएका हुन् ।
  •   उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको उनले बताए ।

२३ असार, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विभिन्न देशका उच्चपदस्थ सहभागी सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताएका हुन् ।  उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए । सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने धारणा राखे ।  उनले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताए ।

नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरू रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरू सामु प्रभावकारी नेतृत्व गर्न सक्के झल्को दिएको स्पष्ट गरे ।  सम्मेलनको अघिल्लो दिन प्रधानमन्त्री ओलीले नागरिक समाजको भेलालाई सम्बोधन गरी सशक्त नागरिक समाजको खबरदारीपूर्ण भूमिकाको लागि आव्हान गरेको जानकारी गराए ।  सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ
युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण, दश जनाको मृत्यु
युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण, दश जनाको मृत्यु
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
हरिपूर्वा–६ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
हरिपूर्वा–६ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन