अर्बपति एलन मस्कले खोले नयाँ राजनीतिक पार्टी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
अर्बपति एलन मस्कले खोले नयाँ राजनीतिक पार्टी

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् ।
  • उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् ।
  • मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्समार्फत् दिएका छन् ।

२२ असार,अमेरिका  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्समार्फत् दिएका छन् । अमेरिका पार्टी’ औपचारिक रुपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन ।

अमेरिकाको फेडलर इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ । यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने बताएका छन् । ट्रम्पको सरकारी खर्च कटौती सम्बन्धी निकायको प्रमुखको रुपमा काम गरेका मस्कले पछि आन्तरिक विवादका कारण सो पद त्यागेका थिए । पद त्यागलगत्तै उनले नयाँ राजनीतिक दल खोल्ने सम्भावनाको कुरा गरेका थिए । सन् २०२४ को निर्वाचनको बेला मस्क ट्रम्पको प्रमुख समर्थक थिए । उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको विषयले चर्चा पाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
रेशमलाई थुनामुक्त गर्न अर्को पत्र पठाउँदै सर्वोच्च
रेशमलाई थुनामुक्त गर्न अर्को पत्र पठाउँदै सर्वोच्च
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त