Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जसपा नेता अशोक यादवमाथि चोरीदेखि ज्यान मार्नेसम्मका ७ मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
६३ पटक हेरिएको
Shares
जसपा नेता अशोक यादवमाथि चोरीदेखि ज्यान मार्नेसम्मका ७ मुद्दा

सारांश

  • सर्लाहीका प्रहरी उपरीक्षकलाई गालीगलौज गरेपछि पक्राउ पुर्जी जारी भएका जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवमाथि चोरी, ज्यान मार्ने उद्योग र अभद्र व्यवहारसहित सातवटा मुद्दा चलिरहेको खुलेको छ।
  • सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार यादवमाथि चोरीसम्बन्धी एक, ज्यान मार्ने उद्योगसम्बन्धी एक र अभद्र व्यवहारसम्बन्धी पाँचवटा मुद्दा दर्ता छन्।
  • ती सबै मुद्दा विभिन्न समयमा सर्लाही जिल्लाका सार्वजनिक कार्यालय तथा व्यक्तिहरूमाथि गालीगलौज, हातपात, धम्की र तोडफोडसँग सम्बन्धित छन्।

२१ असार, सर्लाही।

सर्लाहीका प्रहरी उपरीक्षकलाई गालीगलौज गरेपछि पक्राउ पुर्जी जारी भएका जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवमाथि चोरी, ज्यान मार्ने उद्योग र अभद्र व्यवहारसहित सातवटा मुद्दा चलिरहेको खुलेको छ। सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार यादवमाथि चोरीसम्बन्धी एक, ज्यान मार्ने उद्योगसम्बन्धी एक र अभद्र व्यवहारसम्बन्धी पाँचवटा मुद्दा दर्ता छन्। ती सबै मुद्दा विभिन्न समयमा सर्लाही जिल्लाका सार्वजनिक कार्यालय तथा व्यक्तिहरूमाथि गालीगलौज, हातपात, धम्की र तोडफोडसँग सम्बन्धित छन्।

कुन-कुन घटना?

२०७७ साल जेठ २७ गते चक्रघट्टा गाउँपालिकामा सडक किनाराको जग्गा विवादको क्रममा अशोक यादवले राज नारायण रायमाथि ज्यानै मार्ने नियतले कुटपिट गरेको आरोपमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको हो। त्यसअघि, २०६६ साल असोज १० गते जिल्ला शिक्षा कार्यालयका लेखापाल शिवशंकर प्रसाद महतोबाट रु. १ लाख ५० हजार लुटिएको आरोपमा चोरी मुद्दा दर्ता भएको थियो। यादवले सलेमपुरमा गाडी रोकेर सिसा फोडी नगद लिएको भनिएको छ।२०७२ सालमा मात्रै यादवविरुद्ध तीन वटा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएका छन्।

जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा कम्प्युटर, मोनिटर र प्रिन्टर तोडफोड गर्नु, मादक पदार्थ सेवन गरेर ड्युटीमा खटिएको प्रहरीलाई गाली गर्नु र कार्यालय प्रमुखलाई धम्की दिँदै कुटपिट गर्ने चेतावनी दिनुजस्ता गतिविधिका आधारमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, २०७३ सालमा प्रहरी चेकजाँचको क्रममा उल्टै प्रहरीमाथि गालीगलौज तथा हातपात प्रयास, मलंगवास्थित सिंचाई कार्यालयमा अनधिकृत प्रवेश र कर्मचारीलाई धम्की दिएको आरोपमा समेत मुद्दा दर्ता गरिएको छ।

के भन्छ प्रहरी?

सर्लाही प्रहरीले यादवमाथि भएका मुद्दाहरू विगतदेखि क्रमशः दर्ता हुँदै आएको जनाउँदै कानुनी प्रक्रिया अघि बढाइएको बताएको छ। पछिल्लोपटक सर्लाहीका एसपीलाई गाली गरेपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादव पुनः विवादमा तानिएका छन्।‌

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
रवि लामिछानेलाई थप ७ दिनसम्म हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ७ दिनसम्म हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंले लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा मागेकाे खुलासा ,कुराकानीको अडियोसमेत फेला
दुर्गा प्रसाईंले लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा मागेकाे खुलासा ,कुराकानीको अडियोसमेत फेला
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा
मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु
ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु
कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने
कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने