देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
३९ पटक हेरिएको
Shares
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना

सारांश

  •   जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ।
  •  महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,आज दिनमा: कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
  • कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

२१ असार, काठमाडौं । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,आज दिनमा: कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। आज रातमा: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो। यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।  यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ। त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ। त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ। यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?
विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?
आजदेखि नागढुङ्गा-नौबिसे सडक राति चार घण्टा बन्द हुने
आजदेखि नागढुङ्गा-नौबिसे सडक राति चार घण्टा बन्द हुने
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
रसायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता
रसायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग
चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग