मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु

सारांश

  • मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।
  • राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो ।
  • पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभयाङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार राति ११ः२० बजे दुर्घटना हुँदा ४५ वर्षीय झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

२० असार, काठमाडौं ।

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभयाङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार राति ११ः२० बजे दुर्घटना हुँदा ४५ वर्षीय झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका धनुषा जनकपुर ४ बस्ने झाको उपचारका लागि हेटौँडा अस्पताल पठाएकोमा उपचारकै क्रममा चिकित्सकले राति २३ः५० बजे मृत घोषणा गरेको जानकारी दिनुभयो । हाल हेटौँडा उपमहानगरपालिका ११ स्थित थानाभर्‍याङमा बस्दै आउनुभएका प्रधानाध्यापक झा उक्त विद्यालयमा लामो समयदेखि अध्यापनरत रहनुभएको राक्सिराङ राङगाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
विधेयकमाथि छलफल गर्न पारीश्रमीक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति
विधेयकमाथि छलफल गर्न पारीश्रमीक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति
मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व
मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल
रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक