Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
४४ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु

सारांश

  • मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।
  • राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो ।
  • पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभयाङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार राति ११ः२० बजे दुर्घटना हुँदा ४५ वर्षीय झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

२० असार, काठमाडौं ।

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभयाङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार राति ११ः२० बजे दुर्घटना हुँदा ४५ वर्षीय झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका धनुषा जनकपुर ४ बस्ने झाको उपचारका लागि हेटौँडा अस्पताल पठाएकोमा उपचारकै क्रममा चिकित्सकले राति २३ः५० बजे मृत घोषणा गरेको जानकारी दिनुभयो । हाल हेटौँडा उपमहानगरपालिका ११ स्थित थानाभर्‍याङमा बस्दै आउनुभएका प्रधानाध्यापक झा उक्त विद्यालयमा लामो समयदेखि अध्यापनरत रहनुभएको राक्सिराङ राङगाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग
निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग
बेत्रावती खण्डमा पैदल यात्रु आवागमन रोकेर ट्र्याक खोलिँदै
बेत्रावती खण्डमा पैदल यात्रु आवागमन रोकेर ट्र्याक खोलिँदै
प्रधानमन्त्री बालेनको शपथ समारोहमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली अनुपस्थित
प्रधानमन्त्री बालेनको शपथ समारोहमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली अनुपस्थित
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड
कांग्रेस–एमाले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर : शंकर पोखरेल
कांग्रेस–एमाले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर : शंकर पोखरेल
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
पाँच बुँदे सहमतिपछि राजन सिंहले गरे अनसन स्थगित
पाँच बुँदे सहमतिपछि राजन सिंहले गरे अनसन स्थगित
डेंगी, हैजा र झाडापखालाको लक्षण र बच्ने उपायहरू सम्बन्धी पर्सा गाउँपालिकाको सार्वजनिक अनुरोध!
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु