सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त

सारांश

  • नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ ।
  • सैनिक आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्तीमा परेका हुन् ।
  • यद्यपि, उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने भनिएको छ ।

१९ असार, काठमाडौं ।

नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । सैनिक आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्तीमा परेका हुन् । यद्यपि, उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने भनिएको छ । सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना भएकोबारे भएको कोर्ट अफ इन्क्वायरीपछि बिहीबार यो आदेश आएको हो ।

उनीहरुबाट अपचलन भएको रकम भराउने समेत आदेश भएको एक सैनिक अधिकृतले अनलाइनखबरसँग बताए । यो प्रकरणमा जोडिएका कतिपय अधिकारीले अवकाश समेत पाइसकेका थिए । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमार्फत ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको थियो । के हो घटना ? सैनिक स्रोतका अनुसार, कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८/७९ र ०७९/८० मा अनियमितता भएको सूचना आएपछि महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको हो । प्रारम्भिक जाँचमा कैफियत देखिएपछि केही सैनिक अधिकारीहरुलाई सैनिक प्रहरी गणको हिरासतमा राखेर छानबिन अघि बढाइएको थियो । त्यसक्रममा अवकाश पाइसकेका दुई जनालाई भने कारबाही गर्न भन्दै जंगीअड्डाले प्रहरीलाई पत्र लेखेको थियो ।

स्रोतका अनुसार, महासेनानी सापकोटाको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वायरीले तत्कालीन आवास तथा बीमा शाखामा कार्यरत् सेनानी समीर गुरुङ, प्यूठ टिकाराम गोतामे र जमदार रवीन्द्र लुङ्गेलीको मिलेमतोमा आर्थिक अलपचन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो । उनीहरूमध्ये गुरुङ र लुङ्गेलीले स्वेच्छिक अवकाश लिइसकेका थिए । सेनाबाट अवकाश पाएको ६ महिनापछि सैनिक ऐन आकर्षित नहुने हुँदा लुङ्गेली र गुरुङमाथि अनुसन्धान गरिदिन भन्दै जंगीअड्डाले प्रहरीलाई पत्राचार गरेको थियो । पत्रमा जंगीअड्डामा भएको प्रारम्भिक छानबिनका क्रममा बयान दिँदै गोतामे र लुङ्गेलीले सैनिक प्रहरी गणमा सेनानी गुरुङ समेतको संलग्नतामा बहालवाला प्यूठ गोतामेले ४०/५० लाख रुपैयाँ, लुङ्गेलीले एक करोड २५ लाख रुपैयाँ बराबरको अपचलन गरेको खुलेको भनिएको थियो । पछि आरोपीहरुको बयानका क्रममा सहायक रथी खड्का र सेनानी कार्कीको समेत संलग्नता खुलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख
बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख
तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण
तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. अग्रवाल नियुक्त
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. अग्रवाल नियुक्त
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
आजको राजावादी प्रदर्शन सकियो, भोलि फेरि १२ बजेदेखि हुने
आजको राजावादी प्रदर्शन सकियो, भोलि फेरि १२ बजेदेखि हुने