१५ असार २०८२, आईतवार

राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी

१५ असार, काठमाडौं ।

धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल सहभागी थिए ।  रोपाइँ आरम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्ने बताए  ।

कृषिलगायत सबै किसिमका श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए  ।
कृषि पेसामा निर्भर भई कृषिलाई रोजगारीको आधारस्तम्भका रूपमा परिचित गराउन अग्रसर किसानलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?