१५ असार २०८२, आईतवार

एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

१५ असार, काठमाडौं ।

मलेसियामा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ । क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ४२० रनको योगफल तयार पारेको हो । नेपालका लागि ओपनर प्रशिद्ध जैसीले १३२ रनको योगदान दिए । ११४ बल खेलेका प्रशिद्धले १५ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै, रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रनको योगदान दिए । यसैगरी, सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे । इन्डोनेसियाका लागि केटुक डर्माले २, रिहान रिजा, महेन्द्र अजि र केभिन निरजले समान १-१ विकेट लिए ।  नेपालले यसअघि सिंगापुरलाई ५ विकेट र जापानलाई ९ विकेटले पराजित गरेको थियो । यु-१६ इस्ट जोन कपमा नेपालसहित १० टिम सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment