१४ असार २०८२, शनिबार

एमाले राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा

१४ असार, काठमाडौं ।

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। मदन जयन्तीका अवसरमा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्। भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन्।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु, उनले भनिन्, अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ भण्डारीले आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको पनि बताइन्। देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको उनको भनाइ छ। उनले भनिन्,‘सदा झैँ सबैको सधैँभरि  माया र विश्वास पाइरहूँ।’ भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी रहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment