अब मेरो राजनीतिबाट रिटायर्डकाे बेला भयो : देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
अब मेरो राजनीतिबाट रिटायर्डकाे बेला भयो : देउवा

सारांश

  • सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने समय आइसकेको भन्दै पार्टीलाई एकताबद्ध बनाउन आफू केन्द्रित रहेको बताएका छन् ।
  • कांग्रेसका स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेसभित्र एकले अर्कालाई हराउने रोगको अन्त्य गर्नुपर्ने बताए ।
  • उनले भने, ‘अहिलेको संविधान समावेशी, समानुपातिक छ ।

१३ असार, काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने समय आइसकेको भन्दै पार्टीलाई एकताबद्ध बनाउन आफू केन्द्रित रहेको बताएका छन् । कांग्रेसका स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेसभित्र एकले अर्कालाई हराउने रोगको अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेको संविधान समावेशी, समानुपातिक छ । सबैको प्रतिनिधित्व हुन्छ। तर, एक्लै कुनै पार्टीको बहुमत ल्याउन गाह्रो छ । हाम्रो पार्टीमा एकले अर्कोलाई हराउने रोग छँदैछ ।

एक अर्कालाई छेक्न हाम्रोमा लागिहान्छन्, टिकट नपाउने अर्को समूह हराउन लागिहान्छन् । टिकट त एउटा नै त पाउँछ नि ! मेरो रिटायर्डको उमेर भइसक्यो । त्यही पार्टीबाट प्रधानमन्त्री भएँ, अहिले सभापति भएको छु । सबैले पार्टीलाई राम्रो बनाउन लाग्नुपर्छ ।’उनले संविधान राम्रो भएपनि कुनै पार्टीको सहजै बहुमत नआउने भएकाले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता रहेको बताए । उनले थपे, ‘हिजो माओवादीसँग मिलियो, आज एमालेसँग मिलिएको छ, त्यसका बाबजुद पनि हामीले सबैभन्दा ठुलो पार्टी बनाएका छौं । ठूलो भएपनि बहुमत छैन । तर, हाम्रो पार्टी एक भयो भने एक्लैले पनि बहुमत ल्याउनसक्छ । यो संविधान पनि हामीले बचाउनुपर्नेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ जेठपछि हुने शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
१५ जेठपछि हुने शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ
लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
देउवाले बोलाए पदाधिकारी बैठक
देउवाले बोलाए पदाधिकारी बैठक
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित
आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा
महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा
जेनजी आन्दोलन क्षतिको भौतिक पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने
जेनजी आन्दोलन क्षतिको भौतिक पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने
लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक
लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक