वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
२४ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

सारांश

  •   वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
  • दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
  • ‘पक्राउ परेकामध्ये नविनाले युके पठाइदिने भन्दै दुई जनाबाट ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट छ लाख लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो,’ उनले भने।

१२ असार, काठमाडौं । 

वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

‘पक्राउ परेकामध्ये नविनाले युके पठाइदिने भन्दै दुई जनाबाट ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट छ लाख लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो,’ उनले भने। पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने
प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित
हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक
एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ
एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु
तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु